७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


कोरोना पुष्टि भएकी महिलाको मृत्यु भएपछि लम्की अस्पतालको सम्पूर्ण सेवा बन्द


0
Shares

कैलाली । थप उपचाका लागि नेपालगञ्ज मेडिकल कलेजमा सिफारिस गरेको बिरामीको मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्की अस्पतालले सम्पूर्ण सेवा बन्द गरेको छ ।

अस्पतालले विहीबार सूचना जारी गर्दै अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी कैलाली लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

टाउकोमा चोट लागेर उपचारका लागि आएकी ती महिलालाई लम्की अस्पतालले जेठ ३१ गते थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो ।