७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


भारतबाट फर्केका सिन्धुपाल्चोकका थप एक जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगैं जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका-१४ का २१ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाइले जानकारी दिए ।

उनको जेठ ३१ गते स्वाब संकलन गरि परीक्षणका लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएको थियो । उनको आज आएको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको छ ।

उनी जेठ २७ गते भारतबाट आएर चौतारा साँगाचोकगढीको मेलचौस्थित क्वारेन्टाइनमा बसेका छन् ।

उनलार्ई जिल्ला अस्पताल चौताराको आइसोलेशन कक्षमा ल्याइने तयारी भइरहेको छ ।