Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


पटक पटक स्थगित भएको नेकपा बैंठक फेरि बोलाइयो, एमसिसी परियोजनाबारे गर्ला त निर्णय ?


0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपाले असार १० गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

एमसिसी परियोजनाबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको नेकपाले जनाएको छ । नेकपाभित्र एमसिसी परियोजनाबारे तीव्र मतभेद कायमै छ ।

एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले यसअघि परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो ।

कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुँदे फरक मत राखेका थिए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने समय तय भएको हो ।

यसअघि वैशाख २५ र ३१ गते बस्नका लागि तय भएको बैठक प्रधानमन्त्री ओलीले विभिन्न कारण देखाउँदै अन्तिम समयमा स्थगित गरेका थिए ।

अध्यादेश प्रकरणपछि गत वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै दुई अध्यक्षलाई पत्र लेखेका थिए ।

संसदबाट अनुमोदन गर्नुपर्ने समयसीमा सकिनै लाग्दा सत्तारुढ दलभित्रै विवाद भएपछि एमसिसी परियोजना नेपालमा लागू हुने वा नहुने अन्योल भएको छ ।