७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


पर्वतमा भारतबाट फर्केका थप पाँच जनामा कोरोना संक्रमण


0
Shares

पर्वत । पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

उनीहरु सवै भारतवाट फर्किएर कुश्माको पुलिङ क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

यो सँगै पर्वतमा संक्रमितको संख्या ३४ पुगेको छ ।