७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि, मनाङमा पहिलो संक्रमित भेटिए


0
Shares

पोखरा । गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहरुमा नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा रहेका छन् ।

संक्रमितहरु मध्ये ४१ जना पुरुष र एक जना महिला रहेका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले मनाङमा यो भन्दा अगाडि संक्रमण नदेखिएको बताएका छन् ।

गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।