७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


कैलालीमा महिलाको मृत्यु पछि कोरोना पुष्टि, अर्का पुरुषको संक्रमणपछि मृत्यु


0
Shares

कैलाली । कैलालीमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४३ वर्षिया महिला र सेती प्रादेशिक अस्पतालमा ४६ वर्षिय संक्रमित पुरुषको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेकी कैलालीको लम्की चुहा नगरपालिका महिलाको मृत्यु पछि कोरोना परिक्षण गर्दा पोजेटीभ रिपोर्ट आएको हो भने शनिबार संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै सुदुरपश्चिममा कोरोनाका कारण चार जनाको मृत्यु भइसकेको छ । संक्रमित पुरुषको मंगलबार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

उपचारका लागि काठमाडौँ ल्याउन एयर एम्बुलेन्सका लागि पहल भएपनि सम्भव भएको थिएन ।

यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला र वाजुराको बूढीगंगा नगरपालिकाको दुई वर्षिया बालिकको मृत्यु भएको थियो ।