काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको जनाएकाे हाे। मूल्य बढेसँगै सुन मंगलबार तोलाको ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि साेमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी मंगलबार तोलामा १ सय १० रुपैयाँले बढेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँ पुगेको हाे । साेमबार चाँदीको मूल्य तोलाको ४ हजार ६ सय ७० रुपैयाँमा काराेबार भएकाे थियाे ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार चार सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्