काठमाडाैं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको माग बढेपछि समर्थन मूल्य बढाएकाे छ।
संघले मंगलबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको जनाएकाे हो । संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५ सय ६०, ठूलो अण्डा ५ सय ४५, मिडियम ५ सय र सानो ३ हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको छ । संघका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लूको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको बताउनुभयाे ।
फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उहाँले बताउनुभएकाे छ। मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उहाँले बताउनुभयो । बर्डफ्लूका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन समेत थालेका हुन् ।
पछिल्लो समय उत्पादन घट्नु र कुखुरामा रोग लग्नु लगायत कारााले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायीकाे गुनासाे छ। पछिल्लो समय बर्डफ्लूका कारण केही किसानको कुखुरा मरेका थिए । कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको अध्यक्ष पोखरेलले बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्