Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


युक्रेनी सेनाकाे ड्रोन आक्रमणमा परी रूसमा १३ जनाको मृत्यु, ४८ घाइते


364
Shares

एजेन्सी । युक्रेनी सेनाले रुसको मध्यभागमा पर्ने ऊर्जा सम्पन्न तातारस्तान क्षेत्रमा रहेको निज्नेकाम्स्क सहरमा ड्रोन आक्रमणमा परी करिब १३ जनाको मृत्यु भएको छ ।

सोमबार भएको आक्रमणमा एक बालक र मध्य एशियाली देशका नागरिकसहित १३ जनाको मृत्यु भएको हो । आक्रमणमा परी ४८ जना घाइते भएका छन् । रुस–युक्रेन सीमाबाट एक हजार किलोमिटर टाढा रहेको यस क्षेत्रमा धेरै ठूला तेल प्रशोधन केन्द्र छन् । दुवै पक्षले एक-अर्काका पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका आक्रमण तीव्र बनाएसँगै युक्रेनले पछिल्ला आक्रमणमा यस्ता रिफाइनरीलाई निशाना बनाउँदै आएको हाे।

साेही आक्रमणमा औद्योगिक तथा नागरिक पूर्वाधारमा क्षति पुगेको निज्नेकाम्स्कका मेयर रादमिर बेल्यायेभले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा बताउनुभएकाे छ।

Skip This