एजेन्सी। पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १ सय ११ जना पुगेकाे छ।
स्थानीय अधिकारीहरूले भूकम्पमा परी दर्जनौं घाइते भएकाे बताएका हुन् । अमेरिकी भूगर्भ सर्वेक्षणले ७ दशमलव ४ म्याग्निच्यूडको उक्त भूकम्प सोमबार बिहान ७:३४ बजे (१२:३४ जीएमटी) चोको क्षेत्रमा १ सय ७ किलोमिटर (६६ माइल) को क्षेत्रमा १ सय ७ किलोमिटर (६६ माइल) को गहिराइमा गएको थियो।
भूकम्पको धक्का देशैभरी र छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर तथा पानामामा समेत महशुस गरिएको थियो ।अधिकारीहरूले भूकम्पका कारण भवनहरू भत्किनुका साथै भग्नावशेषमा पुरिएका वा फसेका मानिसहरूको उद्धार कार्य जारी रहेकाे बताउका छन्।









प्रतिक्रिया दिनुहोस्