Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ मा क्रममा २० जनाकारबाहीमा


156
Shares

काठमाडाैं। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउनेविरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ शुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, लेकसाइड क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, गाजा तथा लागूऔषध सेवन गरी अवाञ्छित गतिविधि गर्ने र सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

कार्यालयले मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइ-बुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको जनाएकाे छ।आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टै दुर्व्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानूनी कारबाही गर्ने गरिएको हाे।

प्रहरीले आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘स्वीप अप्रेसन’ सञ्चालन गरिएको जनाएको छ ।

Skip This