काठमाडाैं । नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ ।
भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएकाे हाे । संघले नेपालमा काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिने जनाएकाे छ।
काभा महिला च्याम्पियन्स लिग आगामी भदौ १६ गतेदेखि २२ गतेसम्म काठमाडाैं हुने तय भइसकेको छ। नेपालले यसअघि सन् २०२४ र गत जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो । नेपाल सन् २०२४ को उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो ।
संघले राष्ट्रिय स्तरमा पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनसिप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लिग र पुरुष भलिबल लिग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।









प्रतिक्रिया दिनुहोस्