
केशव भण्डारी (इमेज)
बुटवल, असोज १३ । गृहमन्त्री रामबहादुर थापाले बलात्कार र हत्या–हिंसामा संलग्न अपराधीलाई कारबाहीका लागि ‘हतियार’ तिर्खान जरूरी भएको बताएका छन् ।
‘लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरण सचेतना एवं अन्तरक्रिया’ कार्यक्रमको शनिबार बुटवलमा उद्घाटन गर्दै गृहमन्त्री थापाले राज्यका सबै क्षेत्रमा अपराध र विकृतिहरू रहेको र त्यसको नियन्त्रणका लागि प्रहरीले आफ्नो हतियार बलियो बनाएको बताए ।
महिलालाई विलासिताको वस्तु सोच्नेविरुद्ध सामाजिक आन्दोलनको सुरुआत गर्न उनले आग्रह गरे ।
उनले बलात्कारीलाई फाँसी र नपुंसक बनाउनुपर्नेजस्ता सुझाव पनि आएको भन्दै कठोर सजाएको तयारी भएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्