Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


156
Shares

काठमाडाैं । सुनसरीमा जारी कर्फ्यु हटेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै साउन १२ गतेदेखि जारी कर्फ्यु हटाइएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शनिबार बिहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु हटाएर ती ठाउँहरूमा निषेधाज्ञा जारी गरेका छन्।

इटहरी उपमहानगरपालिकाका वडा नम्बर १६ र १७ अन्तर्गतको पूर्व-पश्चिम राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नम्बर १ र ५ अन्तर्गतको पूर्व-पश्चिम राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र, इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र, दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्र,कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, देवानगंज गाउँपालिकाको सम्पूर्ण क्षेत्र‍, हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा जारी गरिएका एकै ठाँउमा ५ जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाइने पनि प्रजिअ अधिकारीले जानकारी दिएका छन्।