१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


माटोको ढिस्कोले पुरिएर एकै घरका तीनजनाको मृत्यु


0
Shares

लमही, असोज १३ । माटोको ढिस्कोले पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ, राप्ती गाउँपालिका–४, मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

राप्ती गाउँपालिका–४, डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका बेला माटोको ढिस्कोले पुर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए । रासस