Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


गत असारसम्म खपत भएको बिजुलीकाे मूल्य अभिवृद्धि कर नलाग्ने विद्युत प्राधिकरणको प्रष्टोक्ति


65
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।

आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको हाे। प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ ।

प्राधिकरणले विद्युत खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युतको बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो