Logo २७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026


सरकार र अनशनरत डा. केसीबीच ७ बुँदे सहमति, अनशन पनि ताेडियाे (पत्रसहित)


39
Shares

काठमाडौं । सरकार र चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीबीच साेमबार राति ७ बुँदे सहमति भएकाे छ।

सरकारसँग सहमति भएसँगै उहाँले अनशन पनि तोड्नुभएकाे हाे। डा. केसी गत बिहीबारदेखि कैलालीको धनगढीमा २४औं अनशनमा बस्नुभएकाे थियाे । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबारदेखि उहाँलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो ।

स्वास्थ्य क्षेत्र सुधार तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग राख्दै डा. केसीले अनशन बस्नुभएकाे थियाे। सरकारसँग सहमति भएपछि डा. केसीले साेमबार राति बाजुराको गौमुल गाउँपालिका–२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन तोड्नुभएकाे छ।