
काठमाडौं, असोज १३ । नेपाल जैन परिषदले मैत्री (क्षमापन) दिवस मनाएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी परिषदले विभिन्न तपस्वीहरुलाई अभिन्नदनसमेत गर्यो ।
यस दिवसमा जैन धर्मावलम्बीहरुले एकर्कासँग क्षमा माग्ने गर्दछन् ।
कार्यक्रमको उद्घाटन कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले जैन धर्मको लोगोअंकित हुलाक टिकट र सिक्का जारी गर्न सरकारलाई अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्