काठमाडाैं । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात पुनः सञ्चालनमा आएको छ ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार राति महाकाली नदीमा पानीको बहाव ८६ हजार क्युसेक मापन गरिएको जनाएकाे छ।
मंगलबार दिउँसोसम्म नदीमा पानीको बहाव एक लाख २४ हजार क्युसेकसम्म पुगेको थियो । महाकालीमा जलस्तर घटेसँगै बनबासा पुलमा सवारीसाधन सञ्चालन भएको प्रहरीले बताएकाे छ । पानीको बहाव बढ्दा मंगलबार बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुला गरिए पनि ठूला सवारीसाधन रोकिएका थिए ।
भारतीय पक्षले एक सय वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै लामो समयदेखि बाढीकाे समयमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्