
बिराज रोस्यारा/ ईमेज:
कैलाली । प्रदेश सभाको बैठकमा दुई तिहाई बहुमतले कैलालीको गोदावरीमा राजधानी राख्ने निर्णय गरेपछि धनगढीमा आन्दोलन सुरु भएको छ ।
प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गरिनुपर्ने माग गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आन्दोलित बनेका हुन ।
आन्दोलनमा उत्रिएका समुहले आज बिहान देखि धनगढी बजार बन्द गराएका छन भने यातायातका साधनहरु सञ्चालन हुन दिएका छैनन ।
धनगढीको राजपुर, बोराडाडी, चटकपुर, ट्राफिक चौराहा, एलएनचोक, क्याम्पसरोड लगाएतका क्षेत्रमा बसेर काग्रेस कार्यकर्ताहरुले यातायातका सवारीलाई सन्चालनमा रोक लगाएका छन ।
सावारी साधन पुर्ण रुपमा ठप्प हुँदा बिभिन्न ठाउमा यात्रुहरु अलपत्र परेका छन ।
भारत मजदुरी गरेर चाडपर्ब मनाउन घर फर्किरहेका र शिक्षक सेवाको परीक्षा लेख्न पहाडी जिल्लाबाट धनगढी पुगेका बिभिन्न क्षेत्रमा अलपत्र परेका छन ।
उनीहरुले बजारका बिभिन्न क्षेत्रमा बन्दको अबज्ञा गरेर सन्चालन गरेको भन्दै ईलोक्ट्रनिक रिक्साका हावा समेत फुस्काएका छन ।
बन्दकर्ताहरुले राजधानी सारेको बिरोधका आज धनगढी बजारमा कार्यकर्ताहरुले मोटरसाइकल र्याली समेत निकालेका छन ।
नागरिक समाज संघर्ष समिती धनगढीको नाममा आन्दोलन भईरहेपनि आन्दोलनको अगुवाइ कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले गरेका छन ।
प्रदेश सभामा पास भएको प्रस्तावमा राजधानीका लागि तेघरीस्थित नेपाली सेनाको ब्यारेक देखि उत्तर–पश्चिम, गोदावरी सडक देखि पश्चिम, गोदावरी खोला देखि पूर्व, गोदावरी बजार देखि दक्षिण चार किल्ला भएको क्षेत्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्