Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


वाणिज्य बैंकहरूकाे आजदेखि कार्यान्वयन हुनेगरी नयाँ ब्याजदर सार्वजनिक (सूचीसहित)


0
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले शुक्रबारदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

सार्वजनिक तथ्यांक अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन। गत असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हाे। साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन्। सबै भन्दा बढी ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको हाे।

यस बैंकले व्यक्तिगत तर्फ ० दशमलव ७५ प्रतिशत र संस्थागत तर्फ १ प्रतिशतले ब्याजदर कटौती गरेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगतमा ० दशमलव ५ प्रतिशत र संस्थागतमा ० दशमलव २५ प्रतिशतले ब्याजदर घटाउँदा एनएमबि बैंकले व्यक्तिगतमा ० दशमलव २५ प्रतिशत र संस्थागतमा ० दशमलव ५ प्रतिशतले घटाएको हाे ।