Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


५० युनिट भन्दा बढी बिजुली खपत गर्ने ग्राहकको बिलमा आजदेखि ५ प्रतिशत कर लागू


13
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ५० युनिट भन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ।

प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको हाे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा थप विद्युत कर लगाउनुभएकाे थियाे। सरकारको निर्णय अनुसार पहिलो ५० युनिटसम्मको विद्युत महसुलमा भने भ्याट लाग्ने छैन। त्यस भन्दा माथिको खपतमा लाग्ने विद्युत महसुलमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ।

साेही व्यवस्था अनुसार मासिक ५० युनिट भन्दा कम बिजुली प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। तर ५१ युनिट वा सो भन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताले अतिरिक्त भ्याट तिर्नुपर्नेछ। प्राधिकरणले देशैभर ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको सङ्ख्या ३० लाख भन्दा बढी रहेकाे जनाएकाे हाे।