Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


काठमाडौं उपत्यकासहित देशका ३४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम


0
Shares

काठमाडौं । देशका केही जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे छ।

बाढी पूर्वानुमान महाशाखाले पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे । काठमाडौं उपत्यकासहितका ३४ जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको पूर्वानुमान छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।

कोसी, नारायणी, कर्णााली र महाकाली लगायत देशका सबै जसो ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेकाे हाे । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भू-भागनजिक रहेको मौसम महाशाखाले जनाएको छ ।