काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी सुन्धारा कारागारमा रहेका बेचन झा कानुनी प्रक्रिया पूरा गरेपछि बुधबार रिहा भएका छन् ।
झा करिब दुई वर्षदेखि कारागारमा रहेका थिए । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई ठगी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।
तर, उनले अदालतले तोकेको सजायभन्दा बढी अवधि कारागारमा बिताइसकेकाले बुधबार रिहा गरिएको हो । काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार उनलाई रिहा गर्न मंगलबार साँझ नै कारागार कार्यालयलाई पत्र पठाइएको थियो ।
झालाई २०८१ साल असार १४ गते पक्राउ गरिएको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा चलिरहेको छ । अदालतको आदेशअनुसार ती निकायमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी रिहा भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्