काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा असफल भएको आरोप लगाउनुभएको हो ।
सभाको बुधवारको बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुम्वासी समस्या समाधानमा सरकार असफल भएको आरोप लगाउनुभएको हो ।
असार २९ गते कान्तिपुर मिडिया हाउस, अनलाइन खबर र हिमालय टेलिभिजनका साथै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी अवरोध पु¥याइएको घटनाप्रति सुवेदीले आपत्ति जनाउनु भयो ।
यस कार्यलाई पञ्चायतकालीन ‘मण्डले’ प्रवृत्ति र ‘भूमिगत गिरोह’ को सक्रियतासँग तुलना गर्दै उहाँले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र मनोवैज्ञानिक आतंकको संज्ञा दिनुभयो । यस्ता गम्भीर घटनामा संलग्नलाई सामान्य जरिवाना मात्र गरेर छोडिएको भन्दै सरकारको कामकारबाहीमाथि प्रश्न उठाउनुभयो ।
असार २५ गते मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा गरेको आत्मदाहको घटनालाई सुवेदीले राज्यको असफलताको संकेतका रूपमा चित्रण गर्नुभयो । नेता सुवेदीले भन्नुभयो, ‘सञ्चार गृहको मूल प्रवेशद्वारमा सवारी साधन छाडेर सञ्चारकर्मीलाई त्रसित बनाउन खोजिएको छ । देखिने शासक असफल भएपछि नदेखिने शासक अर्थात् ‘डिप स्टेट’ सक्रिय भएको आभास भइरहेको छ । तपाईंको शासनमा गणेश नेपाली र विवेक मण्डलहरूले किन शरीरमा आगो लगाउनुपर्ने रु के यही हो सुशासन रु कून कार्यान्वयन गर्दा मानवतालाई पनि जीवित राख्न जरुरी छ ।’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तर्फ लक्षित गर्दै सुवेदीले सुशासनको नारा दिएर आएको दल सरकारमा हुँदा पनि गरिब र श्रमजीवी वर्गले सास्ती भोग्नुपरेको टिप्पणी गर्नुभयो । सडकमा दुई मिनेट गाडी रोकिँदा सर्वसाधारणले आत्मदाह गर्नुपर्ने तर शक्तिमा हुनेहरूको गाडी रोकिँदा ‘सिंहदरबार जलाउने’ धम्की आउने विभेदपूर्ण अवस्थाको उहाँले विरोध गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्