काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ ।
नेता झाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले राज्य आफैँले नागरिकलाई आतङ्कित बनाउन नहुने धारणा राख्नुभएको हाे । नेता झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ ।
यस्तो बचपना देखाएर राजकाज चल्छ भन्दै उहाँको प्रश्न समेत गर्नुभयाे । सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन र नेपालि कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शङ्कास्पद ढङ्गले गाडी पार्किङ गरेर चालक सम्पर्कविहीन भएका थिए ।
कान्तिपुर अगाडि पार्क गरेको गाडी सत्तारूढ दल रास्वपाकै नेताको भएको खुलेको थियो । रास्वपाले पनि यो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिसकेको छ । सभापति लामिछानेले रास्वपाकै व्यक्ति संलग्न भए पनि कारबाही गर्ने प्रतिबद्धता समेत जनाउनुभएको हाे ।










प्रतिक्रिया दिनुहोस्