Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नेपाली बजारमा बढ्याे सुनचाँदीकाे मूल्य


0
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार तोलामा एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार तोलामा चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबार चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ५५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।