
सर्लाही । सर्लाहीका विभिन्न स्थानमा बनाइएका प्रहरीका विट प्रयोगविहीन भएका छन् । गाउँवस्तीबाट टाढा र जंगलमा बनाइएका प्रहरी विट प्रयोगविहीन भएका हुन् ।
प्रहरीले केहीवर्षअघि निकै तामझामका साथ विभिन्न स्थानमा विट स्थापना गरेको थियो ।
विकट स्थानमा निर्माण गरिएका प्रहरी विटमा पानी, इन्टरनेट र मोबाइल नेटर्वकलगायतका समस्याले गर्दा प्रयोगविहीन भएका हुन् ।
आगामी दसैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै पुनः ती विट सञ्चालनको तयारी भइरहेको सर्लाहीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्