Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


सुनचाँदीको मूल्यमा ओरालाे यात्रा कायमै


13
Shares

काठमडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ।

सोमबार तोलामा दुई हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार तोलामा चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी मंगलबार चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।