Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘आशा’ नामक चलचित्र निर्माण गर्ने घोषणा


0
Shares

काठमाडौं । ‘आशा’ नामक चलचित्र निर्माण हुने भएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच फिल्म घोषणा गरिएको हो । अग्रज प्राविधिकलाई सम्मान गर्दै घोषणा गरिएको उक्त कार्यक्रममा चलचित्रको विषयवस्तु, कलाकारसँगै प्राविधिकको परिचय गराइएकाे छ। उडान स्टुडियोको लगानीमा निर्माण हुने चलचित्रकी निर्माता शर्मिला थापा रहेकी छन् । चलचित्रको निर्देशन राजीव गुरुङले गर्ने भएकाे हुन् ।

चलचित्रमा कलाकारको रूपमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मी लगायतका कलाकारको अभिनय रहने भएकाे छ । कार्यक्रममा चलचित्रकी निर्मात्री शर्मिलाले एउटा परिवारको कथालाई पर्दामा ल्याउन लागिएको जानकारी गराएकी हुन् । अभिनेता त्रिपाठीले चलचित्रको विषयले आकर्षित गरेर टिममा जोडिएको बताएका छन्।

चलचित्रमा पुराना प्राविधिकलाई नगद राशिसहित सम्मान गरिएको थियो । २०४६ सालमा प्रदर्शन भएको फिल्म ‘अन्याय’ मार्फत भेसभुसामा काम गर्नुभएका प्राविधिक कमल मिश्रलाई नगदराशी ५१ हजारसहित दोसल्लाह ओढाएर चलचित्रकी निर्मात्री थापा, निर्देशक गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त सम्मान गरेका थिए ।

चलचित्रमा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर, कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल, समीर खरेल र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।