Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


प्रधानमन्त्री शाहको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब खेप्न बाध्य: कांग्रेस सांसद गच्छदार

होल्डिङ सेन्टरका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोश

13
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्तिका कारण सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकको शुरुमै बोल्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । नेपालले पनि भारतको सीमा मिचेको छ भनि प्रधानमन्त्री शाहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनुपरेको बताउनुभयाे ।

सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्री शाहलाई संसदमा आएर उक्त अभिव्यक्तिकाे बारेमा स्पष्टिकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएकाे छ।

सांसद गच्छदारले वर्तमान सरकारले गरिबलाई पीडा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने जिकिर समेत गर्नुभयो ।