Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


अभिनेत्री दीपा श्रीले चलचित्र ‘पार्वती’ को सकिन् डबिङ


13
Shares

काठमाडाैं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ भइरहेको छ।

साेही क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपा श्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी हुन् । उनले मंगलबार आफ्नो भागको डबिङ सकाएकी छन्। बडिङ सक्दै चलचित्र आफूले सोचे भन्दा पनि उत्कृष्ट बनेको भन्दै उनले खुशी समेत व्यक्त गरेकी छन् । चलचित्र को फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको उनको भनाई थियाे ।


चलचित्रकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी हुन् । निर्देशक अधिकारीले अन्य कलाकारको समेत डबिङ छिट्टै सकिने बताएकि छन् । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतको मुख्य अभिनय रहेकाे छ।

हरिहर अधिकारी निर्माता रहेको चलचित्रको लेखन शिवं अधिकारीले लेखेका हुन् । शंकर पाण्डे भने कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा रहेका छन् । सुदीप बरालको छायांकन र साहिल खानको सम्पादन चलचित्रमा रहेकाे छ ।