Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


आगामी साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने सरकारकाे तयारी


0
Shares

काठमाडाैं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।

मन्त्रालयले मुख्यबाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको हाे । सरकार–सरकार (जिटुजी) सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको ३० हजार मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ । अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न देशबाट एक लाख ८० हजार मेट्रिक टन रासायनिक मलमध्ये ६० हजार मेट्रिक टन डिएपी र एक लाख २० हजार मेट्रिक टन युरिया रहेको हाे ।

मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ बजेदेखि राति ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ ।