Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी


0
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ।

मंगलबार तोलामा चार हजार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला चार हजार दुई सय ८५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार भने चाँदी तोलामा चार हजार दुई सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस तीन हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।