Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


एकैदिन सुन प्रतिताेला ४५ सय रूपैयाँले घट्याे


13
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ।

सोमबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला चार हजार पाँच सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ७७ हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा चार हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार नौ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।