Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


विश्वकप फुटबलमा पाराग्वे अन्तिम १६ मा प्रवेश

पेनाल्टीमा चुक्दा जर्मनी विश्वकपबाट बाहिरियो

13
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलमा पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ।

अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो । निर्धारित ९० मिनेटको समयमा जर्मनी र पाराग्वेबीच १-१ गाेलको बराबरी थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।

पेनाल्टी प्रहारमा जर्मनी र पाराग्वेका समान दुई जनाले पेनाल्टी मिस गरेका थिए । जर्मनीका काई हार्भेज र निक वेटेमेडले गोल गर्न सकेनन् । यस्तै, पाराग्वेका फाबियन फलुबेना र एन्टोनियो सानाबिरा पनि पेनाल्टीमा चुकेका थिए ।

पेनाल्टी सुटमा पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो । त्यसमा जर्मनीका जोनाथ ताह पेनाल्टीमा चुकेका हुन् । पाराग्वेका जोस क्यानलेले गोल गरेपछि खेलमा जर्मनी पराजित हुन पुगेकाे हाे ।

Skip This