काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिल जापानलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा साेमबार राति भएकाे नकआउट चरणको खेलमा ब्राजिलले जापानलाई २-१ गाेलले पराजित गरेको हो । पहिलो हाफमा जापानले अग्रता लिएको थियो । खेलको २९ औँ मिनेटमा जापानका काइसु सानोले गोल गर्दै अग्रता दिलाएका थिए । ब्राजिलका क्यासिमिरोले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।
खेलको ९६औं मिनेटमा ब्राजिलका ग्याब्रिएयल मार्टिनेलीले गोल गर्दै नतिजा २-१ को स्थितिमा ल्याएका थिए । जापानले हालसम्म नकआउट चरण पार गरेको इतिहास छैन । ब्राजिलसँगको हारसँगै उक्त इतिहास पुन: दोहोरिएको छ ।









प्रतिक्रिया दिनुहोस्