Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


किसानले मल र बीउ नपाएकाे भन्दै नेकपा संयाेजक दाहालकाे आपत्ति

उत्पादन वृद्धिको नयाँ संकल्प जगाउने विश्वास

13
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

संयाेजक दाहालले साेमबार राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसको अवसरमा एक शुभकामना शन्देश जारी गर्दै यस्ताे ध्यानाकर्षण गराउनुभएकाे हाे। कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्नुभएकाे छ। उहाँले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव भएको बताउनुभयाे ।

तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको भन्दै संयोजक दाहालले असन्तुष्टि व्यक्त गर्नुभएकाे छ। उहाँले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयाे।

यो विशेष दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने विश्वास व्यक्त गर्नुभएकाे छ। संयोजक दाहालले देशका सम्पूर्ण कृषकहरूमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभयाे।