Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


बजारमा सुन प्रतितोला २ लाख ७९ हजार बढीमा काराेबार हुँदै


39
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।

बिहीबार तोलामा पाँच हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ७९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। चाँदी बिहीबार प्रतितोला चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी शुक्रबार तोलामा चार हजार एक सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बिहीबारकाे तुलनामा प्रतितोला दुई सय ५५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।