काठमाडाैं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेकाे छ ।
फिलाडेल्फिया स्टेडियममा मंगलबार बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३ गोल अन्तरले पराजित गरेकाे हाे । यो खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गरेका थिए । उनले खेलको १४ औँ र ५४ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ लगत्तै ठूलो पानी परेपछि खेल २ घण्टा रोकिएको थियो ।
दोस्रो हाफको ६६ औँ मिनेटमा उस्मान डेम्बेलेले गोल थपेसँगै फ्रान्सले ३ गोलको अग्रता बनायो । त्यसपछि थप गोल हुन सकेन । यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो ।
फ्रान्स २ खेलमा ६ अङ्क बनाएर नकआउट चरणमा प्रवेश गरेकाे छ।









प्रतिक्रिया दिनुहोस्