Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


सुनचाँदीको मूल्य फेरि बढ्याे


13
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।

आइतबार तोलामा ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार प्रतितोला चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको थियाे । तर सोमबार चाँदी तोलामा चार हजार सात सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ४० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार एक सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।