काठमाडाैं । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत दशौं बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको हाे । कार्यसूची अनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुने भएकाे छ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने भएका हुन् । छलफलको क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनु हुनेछ । त्यसैगरी बैठकमा मन्त्री कार्कीले‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्नुहुने भएकाे छ । उहाँले विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको हाे।









प्रतिक्रिया दिनुहोस्