काठमाडाैं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गत २४ घण्टामा दुई हजार २ सय ९९ जना सवारी चालकलाई सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाही गरेको छ ।
कार्यालयले यसबाट राज्यकोषमा २१ लाख ८६ हजार ५ सय ३ रुपैयाँ राजस्व दाखिला भएको जनाएको हाे । मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय २९ र तीव्रगतिमा सवारीसाधन चलाउने १ सय ४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएकाे छ ।
अनुशासन पालना नगर्ने १ सय ८, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४ सय २१ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्