Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नेप्से सूचक ८ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार


65
Shares

काठमाडाैं । बिहीबार नेप्से परिसूचक घटेको छ। नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

बुधबार ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३५० वटा धितोपत्रको ९२ लाख ३१ हजार २१६ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्। यसदिन सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४६२ रूपैयाँ ४० पैसा पुगेको छ। यस्तै, एपोलो हाइड्रोपावरको मूल्य १४.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९६ रूपैयाँ २० पैसा कायम भएको छ।

सर्वाधिक मूल्य घट्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको मूल्य १३.५१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७७ रूपैयाँ ९० पैसामा झरेको छ यसैगरी, प्रभु बैंक डिबेन्चरको मूल्य ५.८० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ५५ रूपैयाँमा सीमित भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये २ समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।