Logo १९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026


अमेरिका र इरानबीचको तनाव फेरि उत्कर्षमा पुग्याे

अमेरिकी सेनाकाे हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण

52
Shares

एजेन्सी । अमेरिका र इरानबीचको जारी युद्ध फेरि उत्कर्षमा पुगेकाे छ ।

अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको हाे। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेका दुई जहाजमाथि आक्रमण गरेको दावी गरेका छन् ।

विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको हाे । विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिव्यारेल ९५ अमेरिकी डलर नाघेको छ । गत  अप्रिलमा अमेरिका र इरानबीच अस्थायी युद्धविराम भए पनि त्यसयता दुवै पक्षबीच समयसमयमा आक्रमण र प्रतिआक्रमण भइरहेकाे हाे ।

पछिल्ला दिनमा वार्ताका प्रयास असफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले मध्यपूर्व झन् गम्भीर संकटतर्फ धकेलिएको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्किन आग्रह समेत गर्नुभयाे ।