Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


कश्मीरमा हिंसात्मक झडपमा परी मृत्यु हुनेकाे संख्या ३० नाघ्यो

झडपमा परी करिब २ सय जना घाइते

52
Shares

एजेन्सी। पाकिस्तान प्रशासित कश्मीरमा आगामी जुलाई २७ तारिखमा हुने क्षेत्रीय निर्वाचनअघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि ३० जनाको मृत्यु भएको छ।

हिंसात्मक झडपमा परी करिब २ सय जना घाइते भएका हुन् । प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाएको आरोप लगाइएको छ । आइतबार राति रावलाकोटमा भएको हिंसात्मक झडपमा कम्तीमा ११ जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान शुरु गरेको हाे ।

त्यसयता मंगलबारसम्ममा मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यसैगरि, क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएसीका चार प्रमुख नेताविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश दिएको हाे । साथै उनीहरूलाई पक्राउ गराउन १ करोड पाकिस्तानी रुपैयाँ फुरस्कार घोषणा गरिएको छ ।

अधिकारवादी समूह जोइन्ट अवामी एक्सन कमिटी जेएएसीले जुलाई २७ मा हुने क्षेत्रीय विधानसभाको निर्वाचनमा १२ सिट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै क्षेत्रव्यापी बन्दको आह्वान गरेको हो । ती सिटहरू पाकिस्तानका अन्य भागमा विवादको मुख्य कारण ४५ सदस्यीय विधान सभामध्ये १२ सटि शरणार्थीका लागि आरक्षित गर्ने निर्णय बनेको जनाइएकाे छ ।

जेएएसीले यस कदमलाई स्थानीय जनमत दबाउने राजनीतिक हस्तक्षेपको रूपमा व्याख्या गर्दै आन्दोलन आह्वान गरेको थियो ।