Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


राष्ट्रपति पाैडेलर रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता


26
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणकाे बारेमा जानकारी गराउनुभएकाे छ ।

भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति लामिछानेले साेमबार राष्ट्रपति पौडेलसँग भेट गरी भ्रमणकाे बारेमा जानकारी गराएकाे उहाँको सचिवालयले जनाएकाे हाे । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्री लगायतसँग भएको भेटघाट र कुराकानीकाे बारेमा जानकारी गराएकाे सचिवालयले जनाएको छ ।