Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


अर्घाखाँची रास्वपा सभापतिमा महिला उम्मेदवार पराजुली निर्वाचित


0
Shares

सागर महत, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा महिला उम्मेदवार सिता पराजुली निर्वाचित भएकी छन् ।

पराजुलीले ९१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी दिनेश सुनार (विकल्प) ७९ र महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए ।

यस्तै उप-सभापतिमा सहयोगी बिसीले ११६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कमल मरासीनीले ८४ मत प्राप्त गरेका हुन् मरासीनी पुर्व जिल्ला उपसभापति समेत हुन् ।

यता सचिवमा चिरन सुनार १५० मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी यज्ञ पौडेलले ४३ मत ल्याएका छन् । सहसचिवमा लक्ष्मण भट्टराई सर्वसहमत निर्वाचित भएको जनाएका छन् ।

सदस्यहरुमा वेदराज घिमिरे, पिताम्बर सेजवाल र चुरामणि ढुंगाना निर्वाचित महिला सदस्यमा रमा पौडेल निर्वाचित भएका हुन् । । कुल प्रतिनिधि संख्या २ सय ४७ रहेकोमा २ सय ७ मत खसेकाे थियाे ।