Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


इजरेलद्वारा इरानमा भीषण आक्रमण


3.1k
Shares

एजेन्सी । इजरेली सेनाले इरानमा भीषण आक्रमण गरेको छ । इरानले उत्तरी इजेरेलमा गरेको मिसाइल आक्रमणको जवाफमा इजरेली सेनाले इरानको राजधानी तेहरानसहित तब्रिज र इसफाहान शहरमा ठूलो आक्रमण गरेको हो ।

यी शहरमा शक्तिशाली विस्फोट भएको जनाइएको छ । लेबनानमाथि आक्रमण गरेर इजरेलले युद्धविरामको उल्लंघन गरेको इरानले आरोप लगाउँदै इरानले इजरेलमा क्षेप्यास्त्र प्रहार गरेलगत्तै इजरेली सेनाले इरानमा बमबारी गरेको हो ।

इजरेली सेना आइडीएफले सामाजिक सञ्जाल एक्समा भनेको छ, “इजरेली सेना उच्च सतर्क अवस्थामा छ र इजरेलमाथि खतरा उत्पन्न गर्ने जोसुकै विरुद्ध आवश्यक परे सबै क्षेत्रमा कारबाही जारी राख्न तयार छ ।” इरानको सरकार–नियन्त्रित फार्स समाचार एजेन्सीले खुजेस्तान प्रान्तको माहशाहर सहरनजिक रहेको कारुन पेट्रोकेमिकल प्लान्टमा पनि इजरेलले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । त्यसबाट उक्त पेट्रोकेमिकल प्लान्ट आंशिक रूपमा क्षतिग्रस्त भएको समाचार एजेञ्सी फार्सको दाबी छ ।