Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


सुनको मूल्य आज पनि घट्याे


13
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

गत बिहीबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले साेमबार पनि निरन्तरता पाएको हो। आइतबार तोलामा आठ हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार प्रतितोला ९ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला तीन लाख आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। चाँदी आइतबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी साेमबार तोलामा चार हजार ९ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार तीन सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।